२०८३ बैशाख २८ गते, सोमबार २०:२४

महानगरमा अख्तियारको छापा

वीरगंज/वीरगंज महानगरपालिका भित्र हुने गरेको अनियमितता तथा भ्रष्टाचार छानबीन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली वीरगंज आइपुगेको छ।

माईस्थान मन्दिर अगाडी वीरगंज महानगरले सौन्दर्यकरण नाममा अनियमितता गरेको खबरहरू प्रकाशमा आउनुको साथै सो सम्बन्धमा उजुरी पनि परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले सम्पूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ।

वीरगंज महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जय प्रकाश शाहले बताए अनुसार अख्तियारबाट शर्मा थरको नेतृत्वमा आएको टोलीले सौन्दर्यकरणको सम्पूर्ण कागजात एवं फ़ाइल नियंत्रणमा लिएर गएका छन्।

वीरगंज महानगरपालिका भित्र भएका अनियमितता एवं भ्रष्टाचारसम्बन्धी एक सय वटा भन्दा बढ़ी मुद्दा अख्तियारमा परे पनि त्यसको छानबिन अत्ति नै सुस्त रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM