वीरगंजका व्यापारीहरू भारतीयसामु लम्पासार, नेपालीहरूलाई गरे घोर तिरस्कार 

0

वीरगंज/ नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले बोलाएका आफ्ना पाहुनाहरूबीच विभेद गरेका छन्।

लर्ड्स दियालोमा हिजो बिहीबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको नव निर्वाचित पदाधिकारीहरूको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष टेमानीले यस्तो विभेद गरेका हुन्।

कार्यक्रममा संघीय सांसद सदस्य, प्रदेशसभाका सदस्य, बारा पर्साका प्रमुख जिल्ला अधिकारी, मधेश प्रदेशका डीआईजी, बारा, पर्साका सुरक्षा निकायका प्रमुखहरूलगायत समाजका थुप्रै लब्ध प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

 

निम्त्याइएका पाहुनाहरूकोलागि “ओल्ड दरबार” नामक स्वदेशी मदिरा राखिएको थियो भने भारतीय महावाणिज्य दूतावास वीरगंजका काउंसलरहरूकलागि “चिभाष रिगल” नामक स्कचको व्यवस्था गरिएको थियो।

मधेश प्रदेशका पूर्वमन्त्री ओम प्रकाश शर्मा आफैँ बसेर दूतावासका जूनियर अफिसरलाई कम्पनी दिइरहेका थिए। आफ्नो देशका माननीय ज्यूहरू, प्रतिष्ठित र जिम्मेवार निकायमा कार्यरत पदाधिकारीहरूप्रति वितृष्णा दर्शाउँदै विदेशीहरूप्रति अगाध प्रेम दर्शाईएकोले यहाँका व्यापारीहरूको भारतभक्तिलाई निर्लज्जतापूर्वक उजागर गरेको छ।

ओम प्रकाश शर्मा मधेश प्रदेशको ऊर्जा तथा खानेपानी मन्त्री भएपछि राजस्थानमा हर्षबढ़ाई गरिएको थियो भने भारतीय मीडियामा आफ्नो मान्छे मन्त्री भए भनेर समाचार प्रकाशन भएको थियो।

तिनै शर्माले भारतीय दूतावासका कर्मचारीलाई हाँसी हाँसी कम्पनी दिईरहेको दृश्यले उनको उनको वास्तविक राष्ट्रभक्ति छचल्किएको देख्दा कार्यक्रममा सहभागी नेपालीहरुले लज्जाबोध गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्