Tuesday, November 26, 2024
घरक्राइम चेकमैले नभनेको कुरा मिडियामा आयो: उपाध्यक्ष विष्ट

मैले नभनेको कुरा मिडियामा आयो: उपाध्यक्ष विष्ट

वीरगंज/पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष सर्मिला विष्ट महतोले आफूले भन्दै नभनेको कुरालाई मिडियाबाजी गरिएको आरोप लगाउनु भएको छ ।

बिहीवार वीरगंजबाट प्रकाशित एक समाचारपत्रमा सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्टको भनाई उद्धृत गर्दै “अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर पाँच–पाँच लाख रुपैयाँ घुस लिएर १०३ जना कर्मचारी भर्ना गरिएको” समाचार प्रति आपत्ति जनाउनुहुँदै उपाध्यक्ष विष्टले सो कुरा बताउनु भएको छ ।

उपाध्यक्ष विष्ट महतोले पत्रकारसँग कुरा गर्नु हुँदै पालिका अध्यक्ष एवं प्रशासनसँग आफ्नो केहि आपसी असमझदारीहरू रहेको विषयमा भएको कुराकानीको सन्दर्भलाई केही मिडियाले अनर्गल प्रचार गर्दै भन्दै नभनेको सन्दर्भ जोडेर समाचार प्रकाशन गरेको बताउनु भयो ।

उपाध्यक्ष विष्टले आफूसँग कुनै प्रमाण नभएपनि आफूले अनुमानको भरमा ७० लाखको इन्धन खर्च भएको भनेको तर सखुवा प्रसौनीमा अत्यधिक इन्धन खर्च भएको सन्दर्भमा पालिकासँग बुझ्दा पालिकामा जेनेरेटर १ वटा, मोटरसाईल २५ वटा, सरकारी स्कोर्पियो १ वटा, भाडाको स्कोर्पियो १ वटा, ट्रेक्टर १ वटा, सक्सन मेशिन– १ वटा, टिप्पर १ वटा, जेसिबी १ वटा, वारूण यन्त्र –१वटा, दुई वटा नि:शुल्क एम्बुलेन्स संचालनमा रहेको र सोहि हिसाबले ईन्धन पनि खर्च भएको जनाएको छ । इन्धनको मूल्य गत वर्षको तुलनामा इन्धनको मूल्य यो वर्ष धेरै महंगो भएकोले खर्च धेरै देखिएको भन्दै इन्धनमा भएको प्रत्येक खर्च सम्बन्धी लगबुक विधिपूर्वक राखिएको पालिकाले जनाएको छ ।

यसैबीच कर्मचारी व्यवस्थापन एवं इन्धन व्यवस्थापन सम्बन्धमा रहेका गुनासाहरूलाई सम्बोधन गर्न बिहीवार गाउँ कार्यपालिकामा बैठक बसी गाउँपालिकाको ईन्धन खर्च व्यवस्थापन गर्नको लागि ईन्धनको online लगबुक राख्न PAMS को प्रयोग गर्ने पर्सा जिल्लामै पहिलो पालिकाको रुपमा स्थापित हुने भएको छ । साथै गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M survey ) गरी दरबन्दी संरचना यकीन गर्ने र दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -