२०८३ बैशाख २२ गते, मंगलवार २२:१४

पर्सा प्रहरीद्वारा गाँजा बरामद

वीरगञ्ज/जिल्ला प्रहरी कार्यालय पर्साले ठोरी गाउँपालिकाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

प्रहरीका अनुसार पुस २२ गते राति करिब १० बजे ठोरी गाउँपालिका–३ स्थित ब्रहमनगर हुलाकी सडकखण्डबाट पश्चिमतर्फ जाने कच्ची सडक नजिक रहेको ४२ वर्षीय छिरिङ दोङको काठले बनेको दुईतले घरमा खानतलासी गरिएको थियो। सो क्रममा घरको माथिल्लो तलाको कोठाभित्र नीलो प्लास्टिकले बेरिएको अवस्थामा ९५० ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सो घरबाट करिब १५ मिटर उत्तरतर्फ रहेको बाँझो खेतमा उखुको पातले छोपी रातो प्लास्टिकले बेरि लुकाइराखिएको अवस्थामा १० पोका गाँजाजस्तो देखिने पदार्थ समेत बरामद गरिएको छ। उक्त स्थानबाट कुल १५७ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

घटनामा संलग्न भनिएका छिरिङ दोङ फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM