२०८२ पुष २० गते, आईतवार २२:२८

रास्वपा सरकारमा सहभागी हुने तयारीमा

काठमाडौं। सरकारबाट बाहिरिएको रास्वपा फेरि सरकारमा सहभागी हुने आन्तरिक तयारी थालेको छ। गत माघ २२ गते सरकारलाई दिएको समर्थन कायमै राखेर सरकारबाट बाहिरिएको रास्वपा पुनःसरकारमा सहभागी हुने तयारी थालेको हो।

पार्टी र संसदीय दलको बैठकमा सरकारमा सहभागी हुनुपर्ने मत अधिकांश सांसद तथा नेताहरुको रहेको रास्वपा स्रोत बताउँछ। प्रधानमन्त्रीले रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरेको भन्दै सरकारमा सहभागीताको लागि पार्टी र संसदीय दलमा नेताहरुबीच छलफल भइरहेको बताइएको छ।

चुनावी प्रतिवद्धता कार्यान्वयन गर्न सरकारमा सहभागी हुनैपर्ने रास्वपाका सांसदहरुले दाबी गरेको स्रोतले जनाएको छ। यस अघि सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेको रास्वपाले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर फेरि सरकारमा सहभागी हुने जमर्को गरेको हो।

प्रधानमन्त्री प्रचण्डले समेत सरकारमा सहभागीताका लागि रास्वपालाई आग्रह गरेको बताइएको छ। तर, यस अघि दिइएको उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय दिन नसकिने प्रधानमन्त्रीले जिकिर गरेका छन्।

स्रोतका अनुसार रास्वपाले गृह मन्त्रालयको दाबी अहिले सरकारमा सहभागीताका लागि प्रमुख शर्त राखेको छैन। गृह प्रधानमन्त्री प्रचण्डले आफ्नो दललाई नै दिने तयारी गरेका छन। उनले कांग्रेसले अर्थ मन्त्रालयमा दाबी गरेकाले गृह माओवादीले लिने उनले बताएका छन्।

यद्यपि मन्त्रालय समेत रास्वपालाई पहिले भन्दा घटाएर दिने प्रधानमन्त्रीले जनाएका छन्। उनले सत्ता गठबन्धनका अन्य दललाई समावेश गर्न मन्त्रालय बढीमा दुईवटा मात्र दिन सकिने बताइसकेका छन्। यस अघि तीन मन्त्री र एक राज्यमन्त्री सहित सरकारमा रास्वपा सहभागी भएको थियो।

माघ १३ गते सर्वोच्च अदालतबाट पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी भएका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा पदमुक्त भएका थिए। उपप्रधान तथा गृह मन्त्री जिम्मेवारीमा रहेका लामिछाने सबै पदबाट मुक्त भएका थिए।

नागरिकता पुनःप्राप्तिपछि गृह मन्त्रीमा दाबी गरिरहेका उनलाई प्रधानमन्त्रीले उक्त मन्त्रालय दिन अस्वीकार गरेपछि लामिछाने रुष्ट भएका थिए। सोही कारण उनको दल सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताइन्छ।

सरकारमा सहभागी भएको रास्वपा सर्वोच्चले फैसाला गरेको करिब दश दिनपछि समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियाे ।

सरकारमा पहिले सहभागी र पछि बहिर्गमनबारे ठोस कारण पुष्टि गर्न नसकेको रास्वपा राष्ट्रिय राजनीतिका मूलमुद्दामा द्वैध चरित्र देखाउँदै आएको छ। राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन र सरकारलाई विश्वासको मत दिने क्रममा सदैब अनिर्णीत बन्दै आएको रास्वपाले अन्तिम अवस्थामा मतदानको क्रममा निर्णय गरेको थियो।

सरकारमा जान पार्टी सभापति रहेका लामिछाने स्वयम् आकांक्षी रहेकाले यही बैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनको परिणामपछि सरकारमा जाने तयारीमा रास्वपा रहेको स्रोतले जनाएको छ।

गएको मंसिर ४ को निर्वाचनमा चितवन २मा अत्याधिक मतले विजयी भएका थिए। बैशाख १० गते हुने उपनिर्वाचनमा उनको पूर्ववत क्षेत्र चितवन २ बाट उम्मेदवारी दिन लागका लामिछाने यसपाली अघिल्लो मतभारमा उल्लेख्य बृद्धि गर्ने गृहकार्यमा जुटेका छन्।

अघिल्लो विरासत आगामी उपनिर्वाचनमार्फत दर्शाएर सरकारमा फेरि सहभागी हुने आकांक्षा ब्यक्त गरेको स्रोतको दाबी छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88 zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM