२०८३ जेष्ठ ५ गते, मंगलवार १६:२३

पत्नी मारेर मुटुरोगले मरेको भन्दै झुक्याउन खोज्ने पक्राउ

दाङ/दाङमा प्रहरीले कुटपिट गरेर पत्नीको हत्या गर्ने एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको लुङ्ग्री गाउँपालिका-६ गुम्चाल बस्ने ४९ वर्षीय कृतिमान बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।घोराही उपमहानगरपालिका-१९ मलार दुईखोली खोलामा आइतबार राति आफ्नी ४४ वर्षीया पत्नी गोबिना बुढाथोकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले जानकारी दिए।उनका अनुसार कुटपिटबाट हत्या गरेपछि कृतिमानले मुटुरोगका कारण बाटैमा मृत्यु भएको भनेर प्रहरीलाई झुक्याउने प्रयास गरेका थिए।

उनका अनुसार सोमबार बिहान पत्नी गोबिनाको मुटु एक्कासी दुखेर बिरामी भई उपचारका लागि दाङको घोराही ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको भनी कृतिमानले प्रहरी चौकी दुईखोलीमा झुटो विवरण दिएका थिए।

प्रहरीले खबर पाउनासाथ तत्काल परिचालन भएर प्रहरी अधिकृतसहितको टोलीले शवको अवस्था, घटनास्थलको प्रकृतिलगायत विभिन्न पक्षहरूको अध्ययन गर्दा शंकास्पद देखेपछि कृतिमानलाई पक्राउ गरेको जानकरी उनले दिए।कृतिमानलाई पक्राउ गरी सोधपुछ गर्दा राति कुटपिट गरी हत्या गरेको पाइएपछि दाङ जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढाइएको प्रवक्ता गौतमले बताए।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM