२०८३ जेष्ठ ५ गते, मंगलवार १७:१३

रवी लामिछानेका वकिलले न्यायाधीशको जवाफ दिन सकेनन् 

काठमाडौँ /सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसमा न्यायाधीशको प्रश्नमा गृहमन्त्री रवि लामिछानेका वकिलले जवाफ फर्काउन सकेनन्। शुक्रबारको सुनुवाइमा न्यायधीश आनन्दमोहन भट्टराईको प्रश्नमा रविका वकिल आशिष अधिकारीले जवाफ दिन नसकेका हुन्।

रविले अमेरिका र नेपाल गरी दुई देशको नागरिकता एकैपटक लिएको सन्दर्भलाई न्यायाधीशले उठाउँदा रविका वकिल अधिकारीले त्यसको जवाफ लिखितमा भएकोले यस विषयमा नजाउँ भनेर टारेका छन्। न्यायाधीश भट्टराईले ‘नागरिकता प्राप्त गर्नु र त्यसलाई प्रयोग नगर्नुमा केही फरक छ र ?’ भनेर सोधेका थिए।

जवाफमा रविका वकिल अधिकारीले भने, ‘म यस विषयमा थप जान चाहिनँ’

रविले दोहोरो नागरिकता लिएको तर प्रयोग नगरेको अधिकारीको तर्क थियो। सोही तर्कमाथि जिज्ञासा राख्दै न्यायाधीश भट्टराईले नागरिकता लिइसकेपछि प्रयोग गर्नु र नगर्नुले केही अर्थ राख्छ र? भनेर सोधेका हुन्।

तर अधिकारीले उक्त जिज्ञासाको जवाफ दिन चाहेनन्। न्यायाधीशको प्रश्नमा रविका वकिलले चित्तबुझ्दो जवाफ नै नदिइ शुक्रबार बहस सकिएको छ। आजै फैसला आउन सक्ने संभावना छ। -देश संचारबाट

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM