Tuesday, November 5, 2024
घरक्राइम चेकपाँच किलो कोकिनसहित दुई महिला पक्राउ

पाँच किलो कोकिनसहित दुई महिला पक्राउ

काठमाण्डौ/काठमाडौंको ठमेलबाट लागुऔषध नियन्त्रण ब्यूरोले कोकिन कारोबार गर्ने दुईजना विदेशी महिलालाई पक्राउ गरेको छ । युक्रेन र थाइल्याण्ड घर भएका दुईजना महिलालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालले बताए ।

पक्राउ पर्नेमा युक्रेन घर भएकी ३२ वर्षीया डारिया एन्जोनिन्को र थाइल्याण्ड घर भएकी आरिया फोनोक छन् । पुस ६ मा ब्राजिलबाट दुबई हुँदै काठमाडौं आएकी युक्रेनी महिलाको साथबाट ब्यूरोको टोलीले ५ किलो ६ सय ग्राम कोकिन बरामद गरेको छ ।ठमेलस्थित होटलबाट पक्राउ परेकी डारियाको बयानको आधारमा सो कोकिन लिन आउने आरियालाई प्रहरीले पक्राउ गरेको हो । आरिया बैंककबाट काठमाडौं आएकी हुन् ।

ब्राजिलबाट काठमाडौं ल्याएको कोकिन कारोबारीहरुले बैंकक लान खोजेको अनुसन्धानबाट थाहा भएको एसएसपी खनालले जानकारी दिए । थाई नागरिक आरिया पुस ७ मा पक्राउ परेकी हुन् ।आरोपीहरु विरुद्ध लागुऔषध नियन्त्रण ऐन–२०३३ विरुद्धको कसुरमा अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ । ५ केजी ६ सय ग्राम कोकिनको बजार मूल्य १२ करोड ९ लाख छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -