काठमाडौं। संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण भोलि ७ पुसमा राखेको छ । जनता समाजवादी पार्टी नेपालले सांसदको शपथग्रहणपछि मात्र संसदीय दलको नेता छान्ने निर्णय गरेको छ । लगभग सबै प्रमुख दलले संसदीय दलको नेता टुङ्ग्याइसके पनि जसपाले हालसम्म त्यसबारे छलफल पनि सुरु गरेको छैन ।
जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपनि अब संसदीय दलको नेता को हुने भन्नेमा अन्योल देखिएको छ । अध्यक्ष उपेन्द्र यादव सांसदका रुपमा निर्वाचित भएको अवस्थामा उनी नै संसदीय दलको नेता बन्ने निश्चितजस्तै थियो तर उनी संसदमा प्रतिनिधित्व गर्न असफल भएपछि संसदीय दलको नेता बन्न होडबाजी देखिएको छ ।