काठमाडौं । काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले १५ सय भन्दा बढीको मतान्तरले अग्रता लिएको छ । मंगलबार बिहानसम्म राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले ५ हजार ३३२ मत पाएकी छन् ।
नेकपा एमालेका मणिराम फुयालले ३ हजार ८०० र नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीले ३ हजार ७९०मत पाएका छन् ।
यस्तै राप्रपाकी कुन्ती देवी पोख्रेलले ३ हजार ७६९ मत पाएकी छन् ।