२९ वर्षका युवा प्रतिनिधि सभासदस्यमा निर्वाचित

0

काठमाडौं । २९ वर्षका युवा उम्मेदवार प्रतिनिधि सभाको निर्वाचन जित्ने पहिलो सांसद बनेका छन् । यससँगै प्रतिनिधि सभाका नेपाली कांग्रेसको खाता खुलेको छ मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सांसदमा निर्वाचित भएका हुन् । एमालेका तुलाचन यसअघिको प्रतिनिधिसभामा सांसद थिए । २९ वर्षमा गौचनले ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्