२०८३ जेष्ठ ६ गते, बुधबार १७:२७

काठमाडाैँ-१ मा प्रकाशमानकाे अग्रता, पछ्याउँदै मिश्र

काठमाडाैँ- काठमाडौँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएकाे छ। एक हजार १८६ मत गन्दा कांग्रेसका प्रकाशमानले ३२६ मत प्राप्त गरेका छन्।

उनलाई २८९ मत ल्याइ राप्रपाका रवीन्द्र मिश्रले पच्छाइरहेका छन्। यस्तै, तेस्रो स्थानमा नेकपा एमालेका किरण पौडेल रहेका छन्। उनले १८६ मत पाएका छन्। २०७४ सालको निर्वाचनमा मिश्र सिंहसँग पराजित भएका थिए।

राेचक प्रतिष्पर्धाकाे आँकलन गरिएकाे साे क्षेत्रमा प्रत्यक्षतर्फ मुख्य प्रतिष्पर्धीमा सत्ता गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पाैडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्टिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेल उम्मेदवार रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM