२०८३ जेष्ठ ६ गते, बुधबार २०:१५

मंसिर ४ को निर्वाचनमा हिन्दू परिषदले कसैलाई समर्थन वा विरोध गर्दैन: सर्राफ

काठमाण्डौ/ हिन्दू परिषद नेपालका केन्द्रिय कोषाध्यक्ष संजय सर्राफले मंसिर ४ गते हुने निर्वाचनमा कुनै पनि दल र उम्मेदवारलाई समर्थन वा विरोध नगर्ने बताउनु भएको छ।

केन्द्रिय कोषाध्यक्ष सर्राफले शुक्रबार आफ्नो फेसबुक वालमा एक पोस्ट लेखेर त्यस्तो जनाउ दिएका हुन्।

उनले लेखेको फेसबुक पोस्टमा भनिएको छ, “आगामी मंसिर ४ गते हुन गैरहेको निर्वाचनमा हिन्दू परिषद नेपालले कुनै पनि राजनीतिक दललाई समर्थन वा विरोध गर्दैन…!

हिन्दू परिषद नेपालका कुनै पनि पदाधिकारी वा सदस्यले कुनै पार्टी वा उम्मेदवारलाई समर्थन वा विरोध गर्ने काम गर्छ भने त्यो उसको व्यक्तिगत निर्णय हुनेछ। संस्थाको नाममा समर्थन वा विरोधको ठेक्का लिने/दिने काम गरेको पाइएमा संस्था जिम्मेवार नहुने सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ…!

जय श्री राम! जय सनातन जय हिन्दू राष्ट्र नेपाल!”

हिन्दू परिषद नेपालमा आवद्ध केहि पदाधिकारी एवं सदस्यहरू आफूखुशी व्यक्तिवादी, जातिवादी र निजी स्वार्थमा लागेर संगठनको नीति विपरीतका कामहरू गरिरहेको गुनासाहरू आउन थालेपछि परिषदभित्र कसैलाई समर्थन वा विरोध गर्ने निर्णय नभएको सार्वजनिक गर्नु परेको कोषाध्यक्ष सर्राफले बताउनु भयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM