रोकिएन तस्करी, अवैध रुपमा भित्रिएको पाँच लाख बराबरको खाद्यान्न बरामद

0

माेरङ/माेरङमा प्रहरीले अवैध रूपमा भित्रिएको ५ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय माेरङका अनुसार माेरङको बुढीगंगा गाँउपालिकाको नेमुवामा सुनसरीबाट विराटनगर आउँदै गरेको प्रदेश नम्बर १०२००२ च ४४२४ नम्बरको पिकअप भ्यानमा बिना विलजबिजक रहेकाे खाद्यान्न बरामद भएको हो ।

माेरङ प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार ५ लाख २८ हजार रुपैयाँ बराबरको भुजिया, हरियो केराउ, दालमोठ र फ्राइ मटर लगायतका सामाग्री शुक्रबार बेलुका करिब ६ बजेतिर बरामद गरेको हो ।

सामाग्री बरामद गरेसँगै प्रहरीले सवारीसाधन समान आवश्यक कारबाही पूरागर्न सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धानको कार्यालयलाई बुझाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्