२०८२ असार २१ गते, शनिबार २३:४५

मधेश प्रदेश प्रमुखसमक्ष आयोगको ३२ औँ वार्षिक प्रतिवेदन पेश

काठमाडाैँ/ मधेश प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई बर्दिवासस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले ३२ औँ वार्षिक प्रतिवेदन पेश गरेको छ।

कार्यालय प्रमुख गोपालकुमार अधिकारीले प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेस गरेका हुन्। उक्त प्रतिवेदन मधेस प्रदेश प्रमुख मिश्रले सार्वजनिकसमेत गरे।

उक्त प्रतिवेदनमा सबैभन्दा बढी मधेस प्रदेशमा २४दशमलव २५ प्रतिशत उजुरी दर्ता भएको उल्लेख गरिएको छ। गत आवमा जम्मा नौ सय १५ वटा उजुरी दर्ता भएकामा सबैभन्दा बढी धनुषा जिल्लाको छ।

गत वर्ष धनुषाबाट तीन सय ३९ उजुरी परेका थिए। आव २०७७/७८ बाट फर्छ्याैट गर्न बाँकी एक हजार एक सय ९६ र २०७८/७९ मा परेका नौ सय १५ मुद्दामध्ये एक हजार एक सय ९६ मुद्दा गत आवमा फर्छ्याैट भएको प्रतिवेदनमा उल्लेख छ।

अघिल्लो वर्षको फर्छ्याैट गर्न बाँकी नौ सय १५ मुद्दा र यस आवमा परेका तीन सय १५ मुद्दामा पनि अनुसन्धान अघि बढिसकेको कार्यालयले जनाएको छ।

मधेस प्रदेशका चार जिल्लासहित नौवटा जिल्ला कार्यक्षेत्र रहेकामा चालु आवको साउन र भदौ महिनामा तीन सय १५ उजुरी परेको कार्यालय प्रमुख अधिकारीले जनाए।

धनुषा, महोत्तरी, सर्लाही, सिराहा, प्रदेश नं १ को खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र बागमती प्रदेशको रामेछाप र सिन्धुली जिल्लाबाट दुई महिनामै तीन सय १५ उजुरी मा दर्ता भइसकेको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM