२०८३ जेष्ठ ७ गते, बिहीबार ०४:५५

एलबी गुरुङको हत्यामा संलग्न नौ जना पक्राउ

काठमांड़ौँ / झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ वर्षीय एल.बि. (लाल बहादुर गुरुङ)को हत्यामा संलग्न भएको आरोपमा ९ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चुलाचुली–४ इलामका २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेश कुमार याख्खा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ वर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० वर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय विक्रम हिङमाङ र २९ वर्षीय पर्शु राई छन् । बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्ने गुरुङ गत बुधबार दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुलनजिक धारिलो हतियार (खुकुरी, ढुंगा) प्रहार गरी शरीरको विभिन्न काटेर गम्भीर घाइते अवस्थामा फेला परेका थिए । घाइते गुरुङको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रहरीले आक्रमणकारीले प्रयोग गरेको दापसहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गा तथा मृतकले प्रयोग गरेको को १९ प ३७२५ नम्वरको मोटरसाइकलको दुबै चक्काको टायर काटी फालेको अवस्थामा फेला पारेको छ । हत्या भएको ३ दिन अगाडि मृतक गुरुङले घटनामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घटनाको बदला लिन आरोपीले कुटपिट गरी मार्नेसम्मको योजना बनाएको खुल्न आएको प्रहरीको दाबी छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM