म्यादी प्रहरीको लागि मधेश प्रदेशमा ६६ आठ सय ८४ को दरखास्त

0
म्यादी प्रहरी फाइल फोटो

जनकपुरधाम/ मधेस प्रदेशमा म्यादी प्रहरीका लागि ६६ हजार ८८४ जनाले दरखास्त दिएका छन् ।

आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि गृह मन्त्रालयले भदौ ३० देखि असोज ६ गतेसम्म समय निर्धारण गरेकोमा यस अवधिमा साे संख्यामा आवेदन परेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले तिमिल्सिनाले जानकारी दिए ।

म्यादी प्रहरीका प्रदेशको विभिन्न जिल्लामा ११ हजार ८२७ जना महिला र ५५ हजार ५७ जनाले दरखास्त दिएका हुन् । बारामा सबैभन्दा बढी ११ हजार ४०५ जनाले दरखास्त दिएका छन् ।

यस्तै, सप्तरीमा ८ हजार ९६०, सर्लाहीमा ८ हजार ६६३, रौतहटमा ८ हजार ५८३, धनुषामा ७ हजार ८३४, महोत्तरीमा ७ हजार ३०२, पर्सामा ७ हजार ३१८ र सिरहामा ६ हजार ८१९ जनाले म्यादी प्रहरीका लागि दरखास्त दिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्