काठमाडौं । निर्वाचन आयोगले कर्मचारीको सरुवा तत्काल रोक्न निर्देशन दिएको छ । निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ ।
आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया आजदेखि सुरु भएको भन्दै आयोगले विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अप्ठायारो हुने जनाएको छ ।
कर्मचारीको नाम अस्थायी मतदाता नामावलीमा सङ्कलनको कार्यको सुरु भएको अबस्थामा कर्मचारीको सरुवा गर्दा नामावली सङ्कलनको कार्यमा बाधा उत्पन्न हुने र निर्वाचन व्यवस्थापन पनि बाधा हुने भन्दै आयोगले सरुवा रोक्न निर्देशन दिएको हो ।
आयोगले यदि सरुवा भइसकेको अवस्था भए पनि यहि असोज ९ गतेभित्र सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने गरि व्यवस्था गर्न निर्देशन दिएको छ