पेस्तोलसहित एक पक्राउ

0
सांकेतिक तस्वीर

बुटवल/रुपन्देही प्रहरीले रिभल्वर पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएका छन्। वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले शुक्रबार बुटवल ९ इटाभट्टीमा रहेको होटल नमोबुद्धबाट ३३ वर्षीय सन्तोष सलामीलाई नियन्त्रणमा लिएको हो।

बाग्लुङ दगातुन्डाँडा घर भइ बुटवल उप–महानगरपालिका ८ सुख्खानगर बस्ने सलामीको साथबाट रिभल्वर पेस्तोल १ थान, सोही रिभल्वर पेस्तोलमा लोड भएको गोली १ थान र अन्य थान २ गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

उनलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुमती लिई अनुसन्धान भइरहेको रुपन्देहीको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्