मधेश प्रदेशमा म्यादी प्रहरीकालागि एकैदिन ६ हजारभन्दा बढीको आवेदन

0
म्यादी प्रहरी फाइल फोटो

जनकपुरधाम – म्यादी प्रहरीको आवेदन खुलेको पहिलो दिन मधेस प्रदेशमा ८ हजारभन्दा बढीले आवेदन फारम भरेका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि सरकारले १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको छ।

बिहीबार मधेस प्रदेशका ८ जिल्लामा ८ हजार ४१३ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए।

आवेदन दिनेमा २ हजार २९७ महिला र ६ हजार ११६ पुरुष रहेको उनले बताए।

सबैभन्दा बढी सप्तरीमा १ हजार ६०३ जनाले आवेदन दिएका छन्। जसमा ४३५ महिला र १ हजार १६८ पुरुष छन्।

यस्तै सर्लाहीमा ३५९ महिलासहित १ हजार ४२२, सिरहामा ३७५ महिलासहित १ हजार ९४, धनुषामा २६२ महिलासहित १ हजार ८४, रौतहटमा १३६ महिलासहित १ हजार ६, महोत्तरीमा २६० महिलासहित ७८५, बारामा २४१ महिलासहित ७२७ र पर्सामा २९ महिलासहित ६९२ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको प्रवक्ता तिम्सिनाले जानकारी दए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्