भन्सार छलि भित्रिएका २१ लाख बराबरको सामग्री बरामद

0

मोरङ – विराटनगरमा न्यून भन्सार मूल्यांकन गरी भारतबाट आयात गरिएको २१ लाख रुपैयाँ बराबरको सामाग्री प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर १२ रोडषेश चोकमा एउटा ट्र्याक्टरलाई विद्युतीय र खाद्यान्नमा प्रयोग हुने सामाग्रीको भन्सार न्यून मूल्यांकन राखी भारततर्फबाट आयात गरिएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सोमबार अपराह्न प्रहरीले सामाग्रीसहित बीआर ३८ इ ७४२५ नम्बर ट्र्याक्टर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ट्र्याक्टरमा पानी तताउने गिजरलगायत करिब २१ लाख रुपैयाँ बराबरको सामाग्री रहेको छ। यसक्रममा प्रहरीले ट्र्याक्टर चालक भारतको अररियास्थित जोगबनीका २८ वर्षीय रोशन यादवलाई पनि पक्राउ गरेको छ।

प्रहरीले हाल बरामद गरिएको सामानसहित चालक यादवलाई आवश्यक कारबाहीका लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्