२०८३ जेष्ठ ७ गते, बिहीबार ०६:१७

राष्ट्रिय बाल दिवसमा परिवर्तन नेपालद्वारा शैक्षिक सामग्री वितरण

वीरगंज, २९ भाद्र/ ५८औँ राष्ट्रिय बाल दिवसको अवसरमा परिवर्तन नेपाल फाउण्डेशनले शैक्षिक समाग्री वितरण गरेको छ ।

वीरगंज-२६ अठराहास्थित श्री नेपाल राष्ट्रिय आधरभुत विद्यालयमा अध्यनरत बालबालिकालाई परिवर्तन नेपाल फाउण्डेशनले शैक्षिक समाग्री वितरण गरिएको फाउण्डेशनका कोषाध्यक्ष शुशिल पटेलले जनाएका छन् ।

परिवर्तन नेपाल फाउण्डेशनको अध्यक्ष रणधीर वर्णवालको सभापतित्वमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाको पूर्व उप प्रमुख एवं समाजसेवी सलमा खातुन, अतिथि विद्यालयका प्रधानाध्यापक मोहनलाल प्रसाद कुर्मी, वडा सदस्य प्रदिप कुर्मी, संस्थाका संचालन प्रमुख अतुल राउत, सदस्य बालेश्वर साह, राजन साह र कुसुम चौहान लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा पुर्व उप प्रमुख खातुनले वीरगंज महानगरमा यो विद्यालय हुदा हुदै पनि यहाँको अवस्था अस्त व्यस्त छ । यस्मा स्थानीय सरकार र सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको बताउनु भयो । साथै परिवर्तन नेपाल फाउण्डेशनले समाज प्रति गरेको कार्यलाई मूल्यांकन गर्दै बधाई सहित संस्थाको आगामी कार्यकाल सफल होस् भन्दै शुभकामना पनि दिनुभयो ।

शैक्षिक समाग्री वितरण कार्यक्रमलाई सफल बनाउन वर्णवाल पुस्तकका संचालक सुजित वर्णवाललाई परिवर्तन नेपाल फाउण्डेशनले धन्यवाद ब्यक्त गरेको फाउण्डेशनका सचिव विशेष साहले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM