वीरगंज/ मोटरसाइकलको ठक्करबाट पर्सामा एक महिलाको मृत्यु भएको छ।
मोटरसाइकलको ठक्करबाट पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ निवासी ४५ वर्षीया फुलमतिदेवी खातुनको मृत्यु भएको हो।
आइतबार राति साढे ९ बजे प्रदेश २–०३–२१ प ९३०० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी खातुनलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।
घाइते खातुनलाई उपचारको लागि नारायणी अस्पतालमा लगिएकोमा राति साढे ११ बजे उनको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।
ठक्कर दिने मोटरसाइकल र चालक सोही स्थानका मनोज कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको गिरीले बताए।