२०८२ माघ २९ गते, बिहीबार २१:०१

मकैको जुँगाको चियाः क्यान्सर रोगीकालागि सञ्जिवनी ! पत्थरी, रक्तचाप र मोटोपनमा पनि फाइदा

-मन्दिरा मधुश्री
हामी मकै विभिन्न रुपमा खान्छौँ । उसिनेर, भुटेर, तरकारी, ढिडो, भात, पुवा, सुप, रोटी, दुधे कलिलो त काँचै पनि । तर मकैको जुँगा र खोस्टा काम नलाग्ने भनेर फाल्छौँ । खोसेल्टा पनि पिरा, गुन्द्री, सुकुल, ढक्की डोरी, मुडा, पुतली, बनाउन सकिन्छ । तर जुँगाको त त्यतिकै फाल्छौँ । तर थाहै छैन हामीलाई कि जुँगाको फाइदा मकैको भन्दा बढी हुन्छ भनेर ।
क्यान्सर जस्तो प्राणघातक रोगमा मकैको जुँगाको चिया राम वाण भएको पुष्टि भएको छ । आज भन्दा १२ वर्ष अगाडि म आफन्त बिरामी भेट्न भरतपुर क्यान्सर अस्पताल गएकी थिएँ । अस्पतालको गेट अगाडि एउटा सानो पुड्के हरियो मकैको पचास, साठी कसैले त ८० रुपैयाँमा बेचिरहेको देखेँ । जाबो मकै, त्यो पनि यत्रो पुड्कोको पनि यत्रो पैसा तिर्छन् कोही । तर मानिसहरू धमाधम किनिरहेका थिए । कसैले एउटा, कसैले दुइटा मात्रै भए पनि लगेको देखेँ । दुईटाले पनि एकजनालाई पनि खाजा नपुग्ने थियो ।
छ्क्क परेँ म । मैले जिज्ञासा राखेँ । हरियो मकैको भन्दा पनि जुँगाको लागि मात्रै त्यो मकै त्यति महङ्गोमा किनेका रहेछन् । ती किन्ने सबै क्यान्सर रोगीका आफन्त थिए ।
हरियो मकै जुँगा सहित उसिनेको पानी क्यान्सरको औषधि रहेछ । त्यो थाहा पाए पछि हामीले पनि किन्यौँ ।
र त्यो थाहा पाएदेखि म कहिले पनि मकैको जुँगा फाल्दिन । मकै उसिन्दा जुँगा संगै उसिनेर पानी पिउँछु । धेरै भए सुकाएर राख्छु र अन्य हर्बलमा मिसाएर चियाको रूपमा पिउँछु ।
यसबाहेक मकैमा प्रशस्त पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट हुन दिँदैन । साथै मुटु, रक्त नली पनि खुला राख्छ ! मकैको जुँगा खाँदाको अन्य पनि फाईदा छन् ।
पिसाब लगाउनः
कुनै पनि कारण शरीरका कोषहरूमा पानी जम्ने वा पानी जमेर सुन्निने समस्या पैदा भयो भने मकैको चियाको सेवन लाभदायी हुन्छ । महँगा र शरीरलाई नोक्सानी पुर्याउने विभिन्न थरी पिसाब लगाउने औषधिहरूको तुलनामा यो अति सुरक्षित हुन्छ ।
मिर्गौलाको पत्थरीः मकैको जुँगाको चियाले पिसाब लगाउने भएको कारण यसको नियमित सेवनले मिर्गौलामा पत्थर बन्ने सम्भावना पनि न्यून बनाइदिन्छ । ख्याल गर्नुपर्ने कुरा के छ भने, यसले पत्थरी बन्न दिँदैन तर पहिल्यै पत्थरी भइसकेको छ भने त्यसको उपचारमा चाहिँ यो काम लाग्दैन ।
रक्तचाप घटाउँछः
उच्च रक्तचापको समस्या विश्वव्यापी रूपमै एउटा ठूलो नसर्ने रोगको रूपमा स्थापित भइसकेको छ । उच्च रक्तचापको एउटा विन्दुमा पुगेपछि अनिवार्य रूपमा औषधिको सेवन गर्नैपर्ने हुन्छ । तर मकैको जुँगाको चिया नियमित रूपमा सेवन गर्ने हो भने त्यसले उच्च रक्तचापलाई पनि घटाइदिने गर्छ ।
मोटोपन घटाउँछः
मोटोपन आजभोलि आम समस्या बन्दै गइरहेको छ । मोटोपनका कारणहरू विभिन्न हुन्छन् र तीमध्ये एक शरीरमा पानीको मात्रा बढी सञ्चिति हुनु पनि हो । यो खालको मोटोपन घटाउनमा चाहिँ मकैको जुँगाले भूमिका निर्वाह गर्न सक्छ ।
अब पिउने हैन त आजैदेखि मकैको चिया ?

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM