२०८३ जेष्ठ ७ गते, बिहीबार ०७:३०

लागुऔषधसहित चार जना पक्राउ

धनगढी – कैलालीमा लागुऔषधसहित चार युवक समातिएका छन्। जिल्लाको घोडाघोडी नगरपालिकामा लागुऔषधसहित चार जना पक्राउ परेका हुन्।

घोडाघोडीको नगरपालिका वडा नम्बर १ को बेलारबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा २० वर्षीय दीपेश धामी, १९ वर्षीय शिव गुरुङ, २३ वर्षीय सुमन बोहरा र २१ वर्षीय उपेन्द्र बम रहेका छन्।

उनीहरूको साथबाट दुई सय मिलीग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। बिहीबार राति बेलारबाट उनीहरूलाई गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM