२०८२ असार २१ गते, शनिबार २२:१५

मधेश विश्वविद्यालयले पूर्णता नपाउँदै निजीकरण हुने खतरा

वीरगंज, २४ भाद्र/ मधेश विश्वविद्यालयको उपकुलपति बनेका डा. दीपक शाक्यका कारण विश्वविद्यालय स्थापनाले पूर्णता नपाउँदै निजीकरण गर्ने संभावना बढेपछि शिक्षा प्रेमीहरू चिन्तित बनेका छन्।

वीरगंज स्थित तीन तारे भिस्वा होटलमा बुधबार मधेश विश्वविद्यालयको उद्घाटन कार्यक्रमको हल भित्र प्रवेश गर्ने गेट अगाडि विश्वविद्यालयका उपकुलपतिकै नीजि कलेजको प्रचार सामग्री राखिएको विषयले अहिले व्यापक चर्चा पाएको छ ।

ज्योति दैनिकमा प्रकाशित खबर अनुसार मधेश विश्वविद्यालयको उपकुलपति डा. दीपक शाक्य सञ्चालक रहेका वीरगंज पब्लिक कलेज (बीपीसी) को प्रचार सामग्री उद्घाटनस्थल बाहिर राखिएको थियो । अन्य दुईवटा शैक्षिक संस्थाको एउटा/एउटा मात्र प्रचार सामग्री राखिएका थिए भने बीपीसी कलेजका तीनवटा सामग्री राखिएका थिए ।

बीपीसीको एउटा प्रचार सामग्रीमा मधेश विश्वविद्यालयको स्थापनासभा उद्घाटन कार्यक्रममा पाल्नु हुने सम्पूर्ण महानुभावहरुलाई स्वागत सन्देश लेखिएको थियो भने बाँकी दुईवटा प्रचार सामग्रीमा बीपीसीमा सञ्चालन हुने फ्याक्लटी बारे जानकारी राखिएको थियो ।

उद्घाटन स्थल बाहिर मात्र हैन उपकुलपति सञ्चालक रहेका बीपीसीको प्रचार सामग्री नेशनल ट्रेडिङमा स्थापना भएको मधेश विश्वविद्यालयको कार्यालय अगाडिको मेन गेट र भित्र परिसरमा समेत राखिएको थियो । सामाजिक सञ्जालमा उद्घाटन स्थल र मधेश विश्वविद्यालय कार्यालय भवन अगाडि राखिएको उपकुलपतिको निजी कलेजको प्रचार सामाग्रीबारे सामाजिके सञ्जालमा निकै टिप्पणी भैरहेका छन्।

हालै उपकुलपतिमा नियुक्त भएका डा. शाक्य बालमन्दिर सञ्चालक समितिको सदस्य हुदाँ आफ्नै छोराको नाममा बालमन्दिरको जग्गा लिजमा दिन लगाएर त्यहाँ बोर्डिङ स्कुल सञ्चालन गर्दै आएका छन् । कौडीको मोलमा २७ वर्षका लागि बालमन्दिरको जग्गा शाक्यले लिजमा लिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सर्राफले चुनावी स्टन्टका लागि बिना बजेट, विना पूर्वाधार, विना जनशक्ति हतारमा मधेश विश्वविद्यालय स्थापना गरिएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM