२०८२ कार्तिक २४ गते, सोमबार १०:१८

मधेश विश्वविद्यालय चुनावी स्टन्ट: नेता सर्राफ

चन्द्रसूर्य समाचारदाता/

वीरगंज, २३ भाद्र/ युवा नेता ओम प्रकाश सर्राफले वीरगंजमा हालै स्थापना गरिएको मधेश विश्विद्यालयको कार्यालय उद्घाटन “चुनावी स्टन्ट” मात्र भएको आरोप लगाएका छन्।

मधेश र मधेशी हकहित, मधेश मुद्दा लगायतको पक्षमा खुलेर वकालत गर्दै आउनु भएका युवा नेता ओम प्रकाशले सामाजिक संजाल फेसबुकमार्फत त्यस्तो आरोप लगाएका हुन्।

उनले आफ्नो फेसबुक पोष्टमा लेखेका छन्, “मधेश विश्वविद्यालयले पूर्णता लेओस्, शुभकामना!!

मधेश विश्वविद्यालयको वीरगंजको भिस्वा होटेलमा समुदघाटन भएको छ रे । अब हाम्रो स्थानीय विद्यार्थीहरु भिस्वा होटल जस्तो थ्री स्टार होटेलमा अध्यन गर्न पाउने भय त ठिकै हो । तर एउटा उत्कृष्ट विद्यालय जत्तिको पनि बजेट नभएको, बिना पुर्वाधार, बिना जनशक्ति र आवश्यक तयारी बिना नै समुदघाटन गर्न हतार किन ? के आजै देखि अध्यन/अध्यापन सुरु हुने हो ?”

नेता सर्राफले सो पोष्टमा अगाडी लेखेका छन्,”चुनावको मुखमा यो पनि चुनावी स्टन्ट मात्रै हो । मधेसको नाम जोडेर यसलाई पनि दर्जनौं पोखरी जस्तै अलपत्र छाडने प्रोपोगन्डा हो।”

“नियत र नियति ठिक भएको भए पाँच वर्ष पहिलादेखि नै तयारी थालेर अहिले केहि ब्याच अध्यन /अध्यापन सुरु भैसक्नु पर्थ्यो । मधेश प्रदेशको एउटा कुनै विद्यालयलाई समेत नमुना / उत्कृष्ट बनाउन नसक्नेहरुसंग ब्यवस्थित विश्वविद्यालयको आशा/अपेक्षा गर्न सकिंदैन।

“चुनाव खतम, पैसा हजम, बात खतम”

#बिना_तयारी_उदघाटन_चुनावी_स्टन्ट।”

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM