२०८२ मंसिर १ गते, सोमबार ०६:३१

सशस्त्र प्रहरीद्वारा नक्कली नोटको नमूना कागजातसहित एक पक्राउ

जनकपुरधाम। सशस्त्र प्रहरीले सर्लाहीकाे बहादुरपुरबाट नक्कली नोटको नमूना कागजातसहित एकजनालाई पक्राउ गरेकाे छ ।

शुक्रबार नेपाल–भारत सीमावर्ती क्षेत्र बहादुरपुरबाट ठूलो परिमाणमा नक्कली नोट बनाउने नमुना कागजसहित एक जनालाई नियन्त्रणमा लिइएकाे सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।

गोडैता नगरपालिका–३ सिमरा भगवतीपुर बजारमा खटेको सशस्त्र प्रहरीको टोलीले नुवाकोटको ककनी गाउँपालिकाका ३२ बर्षका हिरामान लामालाई ठूलो परिमाणमा नक्कली नोट तयार गर्ने कागजको बण्डलसहित पक्राउ गरेको डिआईजी मगरले बताए ।

उनका अनुसार प्रहरीले नगद ४० हजार रुपैयाँ र सय दरका नक्कली नोट बनाउने ६९ बण्डल कागज बरामद गरेको हो भने पक्राउ परेका लामाको साथबाट १७ हजार नगद, माच्छापुच्छ्रे बैँकको ३० लाख ६० हजारको एक थान चेक, ग्लोबल आईएमई बैँकको चेक पासपोर्ट, बिलबुक र मोवाइल एक/एक थान, दुई थान एटिएम कार्ड र नागरिकता समेत बरामद गरेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM