Tuesday, June 18, 2024
घरक्राइम चेकममाथि एसिड प्रहार गर्नेहरू अझै खुल्लेयाम घुमिरहेका छन्: कविता

ममाथि एसिड प्रहार गर्नेहरू अझै खुल्लेयाम घुमिरहेका छन्: कविता

बारा/ एसिड प्रहारबाट घाईते कविता पटेलले पीड़कमाथि कार्रवाही नहुँदा आफू थप अन्याय र मानसिक तनावमा पुगेको गुनासो गरेकि छिन्।

मंगलवार कलैयामा पत्रकार सम्मेलनको आयोजना गरि एसिड पिडित कबिताले न्याय नपाएको बताईन् ।

 

गत वर्ष २०७८ चैत्र ११ गते वीरगंज महानगरपालिका १३ श्रीपुर घर भई हाल कलैया निवासी सिता (कबिता) पटेल माथि ससुरा जवाहिर साह र जेठाजु रामबाबु र सासुहित २ जनाले आफु माथि तेजाब प्रहार गरेको सीताले बताईन् l

प्रहरीमा मुद्दा गर्दा समेत प्रहरीले आरोपित मध्ये २ जनालाई मात्र पक्राउ गरेको र बाँकी २ जनालाई पक्राउ गर्न आनाकानी गरेको पत्रकार सम्मेलनमा पटेलले बताइन् ।

कलैयादेखि काठमाडौं सम्म उपचार गर्दा लाखाैं रकम खर्च भए पनि कहि कतैबाट सहयोग नपाएको उनकाे भनाइ थियाे । उनकाे शरीरमा अहिले पनि घाउ बाँकी रहेकाे भन्दै उनले पिडामाथी पीडा थपिएकाे बताईन् ।

प्रहरी नायव उपरीक्षक राजेश थापाले घटना घटेकै दिन स्पेशल फोर्स तैनात गरि आरोपित दुवै जनालाई पक्राउ गरेको र २०७९ बैशाख ९ गते बारा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान समेत गरिएकाे जानकारी दिए ।

आफु माथि तेजाब प्रहार गर्नेलाई कडा सजाय हुनु पर्ने भन्दै अहिले सम्म  उपचारमा लागेकाे खर्च पनि बेहाेर्न पर्ने उनकाे भनाइ थियाे । श्रीमानसंगै बस्ने वातावरण मिलाइदिन समेत आग्रह गरिन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -