Tuesday, January 14, 2025
घरक्राइम चेकपाँच किलो सुनसहित गुण्डा नाइके पक्राउ

पाँच किलो सुनसहित गुण्डा नाइके पक्राउ

काठमाडौं । गुण्डा नाइकेको रुपमा परिचित बेगे भनिने बेग बहादुर तामाङ पक्राउ परेका छन् । प्रहरीले धादिङवेसी जाँदै गर्दा उनलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनको साथबाट तीन वटा पेस्तोल ५ किलो सुन र केही अमेरिकी डलर समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले बेग बहादुर लपाङफेँदीबाट धादिङवेशी आउँदै गर्दा पक्राउ परेको जनाएको छ । उनी ग १ ज ६७५३ नम्बरको मुस्ताङ फोर्स गाडीमा धादिङ जाँदै गरेका थिए । पछाडी सिटमा यात्रा गरि आएका उनको साथबाट शुरुमा एक किलो फाइन गोल्ड (सुन) १ थान, ५० को ९७ वटा अमेरिकी डलर, सय दरको अमेरिकी डलर १६३ वटा फेला परेको थियो ।

त्यस्तै प्रहरीले उनको साथबाट २ वटा मोबाइल फोन पनि बरामद गरेको छ । उनलाई पक्राउपछि बयानको क्रममा थप शंकास्पद देखिएपछि प्रहरीले उनको घरमा समेत छापा मारेको थियो । प्रहरीले उनको घरमा प्रहरी इन्सपेक्टरको टोली खटाएर छापा मारेको थियो । घरमा छापा मार्ने क्रममा एक थान अमेरिकी पेस्तोल, एक थान थाइनिज पस्तोल र अर्को एक थान कटुवा पेस्तोल फेला पारेको छ ।

त्यस्तै उनको घरमा लुकाइराखेको अवस्थामा २० राउन्ड गोली, कटुवामा लाग्ने १ थान गोली पनि बरामद गरेको छ । एक किलो फाइन गोल्ड लेखिएको सुन र ५०० ग्राम लेखिएको सुन जस्तो देखिने ४ थान बिस्कुट आकारको सुन फेला पारेको छ । प्रहरीका अनुसार उनको साथबाट ४ किलो सुन बरामद भएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -