२०८२ कार्तिक २५ गते, मंगलवार ११:०२

नक्कली कस्मेटिक उत्पादन गर्ने कम्पनीमा प्रहरीको छापा

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बौद्ध नयाँ बस्तीमा रहेको कस्मेटिक सामग्री उत्पादन गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कम्पनीमा छापा मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताएका छन् ।

सो कारखाना दीपिका अग्रवाल, उनका पति राहुल अग्रवाल र भाइ रोहित अग्रवालले संचालन गरेका हुन् ।

कम्पनीले कमसल सामान उत्पादन गरेर नाम चलेका कम्पनीको स्टिकर टाँसेर बजारमा बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

कारखानामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिल गरेर अनुसन्धान थालेको छ । कारखानामा ५ करोड भन्दा बढीको सामान भेटिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM