२०८३ जेष्ठ ७ गते, बिहीबार १०:२१

हनी ट्रैपमा श्रीमान-श्रीमति नै संलग्न

काठमाडौँ- प्रहरीले हनी ट्रयापिङमा पारेर मोलमलाइ गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुका २४ वर्षीय शेखर बाँस्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत रहेको उपत्यका अपराध अनुसन्धानका एसपी कृष्णप्रसाद कोइरालाले बताएका छन्।

उनका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट चिजनान भएका पुरुषसँग अश्लील कुराकानी गरेर फसाइदिने भन्दै मोलमोलाइ गर्ने गरेका थिए ।

पक्राउ परेका रोजिना राउतको श्रीमान्‌ले भने आफू साइबर ब्यूरोको प्रहरी निरीक्षक हो भन्दै परिचय गराउने गरेको उनले बताएका छन्।

प्रहरीले आपराधिक लाभ मुद्धामा थप अनुसन्धान भइरहेको बताएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM