२०८२ माघ ८ गते, बिहीबार १८:३९

भन्सार छलि भित्र्याइएको सामान बरामद, लागु औषधसहित एक पक्राउ

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १० साउन/सशस्त्र प्रहरीले पर्साको छुट्टाछुट्टै स्थानबाट भन्सार राजश्व छलि गरि नेपाल भित्र्याइएको सामान र लागु औषध बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साले दिएको जानकारी अनुसार सोमबार राती करिब १०:३० को समयमा सशस्त्र प्रहरीले वीरगंज–१६ स्थित भन्सारको मेनगेटमा बिओपी वीरगंजबाट खटिएको चेक प्वाइन्ट डिउटी टोलीलाई देख्नासाथ भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ साइकलमा ल्याउँदै गरेको एक लाख १५ हजार दुई सय रुपैयाँ बराबरको कपडा तथा हार्डवेयर सामान छाडि व्यक्ति साईकल लिई भागि गएको हुँदा कपडा तथा हार्डवेयर सामान बरामद गरी आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

त्यसैगरी मंगलवार साँझ साढे ६ बजेको समयमा पर्साको छिपहरमाई गा.पा. ५ भिष्वा स्थित बाँस झ्याङ्ग सीमा ईलाकामा बिओपि भिष्वाबाट खटिएको ६ जनाको चेकप्वाईन्ट टोली र प्रहरी चौकी भिष्वाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको नम्बर प्लेट नखुलेको ईलेक्ट्रिक मोटरसाईकलमा सवार भारत जिल्ला पश्चिम चम्पारण ग्राम पन्चायत सिक्टा वडा नं. ७ सिक्टा बस्ने अशोक प्रसाद सोनारको छोरा बर्ष अं. १९ को रोहित कुमार सोनारलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट प्रतिबन्धित लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

डाइजोपाम २एमएल– ३०० एम्पुल, नोर्फिन२एमएल ३०० एम्पुल र फेनारगन २एमएल ३०० एम्पुल र साथमा रहेको मोटरसाइमलसहित निज रोहीतलाई आवश्यक कारवाहीकोलागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको बताइन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM