२०८३ जेष्ठ ७ गते, बिहीबार १०:२२

एनपिएलको भाईटल भिटामिन भित्र कमिला

वीरगंज, २४ असार/
नेपाल फर्मास्युटिकल्सद्वारा उत्पादित भिटामिन बी कम्पलेक्समा कमिला फेला परेको छ।

कम्पनीले उत्पादन गरेको “भाइटल सिरप” भित्र दर्जनौ कमिलाहरू भेटिका छन्।

कम्पनिको शील्ड बोतल भित्र कमिला कसरी पस्यो भनेर हामीले सो उद्योगका संचालक अरबिन्द अमात्यसँग सोधेका थियौँ। उनले हाम्रो प्रतिष्ठा घटाउन कसैले षड्यन्त्र गरेको दाबी गरे।

ब्याच नंबर 03978, अक्टूबर 2021 उत्पादन गरिएको सो भिटामिन बी कम्पलेक्सको म्याद 2023 मा समाप्त हुने उल्लेख गरिएको छ।

औषधि उत्पादन जस्तो अति संवेदनशील क्षेत्रमा लागेका नेपाल फर्मास्यूटिकल्सका संचालक अरबिन्द अमात्यले सो ब्याचको औषधि बजारबाट फिर्ता लिएका छैनन्।

आफ्नो कमीकमजोरीलाई केलाउनुको साटो अरुमाथि दोष थोपरेर पानी माथिको ओभानो बनेर प्रस्तुत भएका छन् अमात्य।

एक दशक अगाडि एनपिएलद्वारा उत्पादित कफ सिरफमा यस अघि पनि यस्तै समस्या देखिएको थियो, सुधार गर्नुको साटो त्यसबखत लेनिदेनी गरेर अमात्यले कुरा मिलाएको बुझिएको छ।

यस सन्दर्भमा वीरगंज स्थित औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत सर्फराज अहमद खाँ सँग बुझ्दा सप्रमाण उजुरी आएमा नियमानुसार कार्रवाही गरिने बताउनु भयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM