२०८२ कार्तिक २१ गते, शुक्रबार २२:२२

जिल्ला प्रशासन कार्यालय पर्सामा भारतीय नागरिकलाई ज्वाईं सरह सत्कार

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २३असार/
जिल्ला प्रशासन कार्यालय पर्साले भारतीय नागरिकहरूलाई विशेष सुविधा उपलब्ध गाराउने व्यवस्था मिलाएको छ ।

ख़ासगरि नेपाल-भारत दुबै देशको नागरिकता बोकेर सीमा वारीपारी गर्नेहरूको बारेमा स-प्रमाण उजुरी दिएपछि नवनागरिक बनेका भारतीयहरूलाई बोलाएर आफु विरुद्धको भारतीय प्रमाण नष्ट गर्न यथेष्ट समय उपलध गराउने व्यवस्था मिलाएको छ।

उदाहरणको लागि अहिलेको डिजिटल युगमा यदि कुनै नागरिकले दुई देशको नागरिकता लिएको छ भने इलेक्शन कमीशन अफ नेपाल वा इलेक्शन कमीशन अफ इंडियामा गएर तुरुन्त पत्ता लगाउन सकिन्छ। तर जिल्ला प्रशासन कार्यालय पर्सामा सप्रमाण दुई देशको भोटर आईडी कार्डको प्रतिलिपि उपलब्ध गराएपछि दोहोरो नागरिकताधारीलाई बोलाएर ज्वाईं सत्कार गरि तारीख दिने प्रबन्ध मिलाइएको छ।

के कति कामको लागि तारेख दिने गरिन्छ यो त सीडीओ साहेबलाई थाहा होला तर अहिले एक भारतीय नागरिकले मुलुक चलाउने ने. काँ. र नेकपा मावोवादी दुबै पार्टी राष्ट्रघाती भएको आरोप लगाउंदै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरी सो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँगको फोटो सार्वजनिक गरेका छन् ।

झुठो विवरण पेश गरी नागरिकता लिन सफल भएका भारत बिहारका नरेश साह अहिले नेपालको मूलधारकाे पार्टीलाई गाली गर्दै नेपालको एक मात्र राष्ट्रवादी पार्टी राजेंद्र लिङ्देनले नेतृत्व गरेको पार्टी हाे भन्दै कारवाहीबाट जोगिने प्रयत्न गरिरहेका छन् ।

भारत बिहारकाे बैरगनिया नजिकै बेल गाउँ बस्ने नरेश सर्लाही जिल्लाबाट जन्मकाे नक्कली आधार खडा गरी नागरिकता लिन सफल भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM