२०८२ कार्तिक २५ गते, मंगलवार ११:१०

ट्रकमै गाँजा ओसार पसार हुने गरेको खुलासा

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २३ असार/ पर्साको वीरगंज नाकाबाट ट्रकमै अवैध लागु औषध गाँजा ओसार पसार हुने गरेको खुलासा भएको छ।

प्ररीले वीरगंजबाट दुई सय ७० के.जी. गाँजासहित दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेपछि ट्रकमै गाँजा खेती हुने गरेको खुलासा भएको हो।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी ग्राम सेमरी वडा नं. ११ बस्ने २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले बताएका छन्।

उनका अनुसार वीरगंज महानगरपालिका २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाजा ओसार पसार भइरहेको सूचनाको आधारमा बिहीबार बिहान साढे ८ बजे गाजा बरामद गरिएको हो।

सूचनाको आधारमा युपी २१ एएन ९९५७ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा २७० के.जी. गाजा बरामद गरिएको प्रनाउ कार्कीले बताए।

उनीहरु विरुद्ध लागु औषधसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

स्रोतका अनुसार पर्साको विभिन्न नाकाबाट यतिखेर अवैध लागु औषध गाँजालगायतको कारोबार केहि दिन यता बढ़दो छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM