२०८३ जेष्ठ ७ गते, बिहीबार ०२:५८

राजा ज्ञानेन्द्रबाट दुःख व्यक्त

काठमांड़ौ, १९ जेष्ठ/ नेपालगंजमा स्व.राजा वीरेन्द्रको शालिक तोड़फोड़ घटनाप्रति पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले दुःख व्यक्त गरेका छन्।

पूर्व राजा शाहले आज सार्वजनिक गर्नु भएको वक्तव्य पाठक सामु जस्ताको तस्तै प्रस्तुत गरेका छौँ:

नेपालगञ्जवासी जनताको तर्फबाट आज बाँके जिल्लाको नेपागञ्जस्थित वीरेन्द्रचोकमा स्वतःस्फूर्त सहभागितामा एक राष्ट्रवादी र प्रजातन्त्रप्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुनर्स्थापना गर्ने कार्यप्रति अवरोध पुर्याईएको घटनाबाट हामी स्तव्ध भएका छौं ।

नेपालको गौरवमय ईतिहासमा हाम्रा प्यारा आदरणीय दाजु वीरेन्द्रको गहनतम योगदान रहेको सर्वविदित नै छ । राष्ट्रिय जनमत संग्रह, युगानुकुलको बहुदलीय संसदीय प्रणाली, क्षेत्रिय विकासको अवधारणा तथा शान्ति र समुन्नतिको गहन चिन्तन उहाँको स्मरणीय विषय हुन् ।

जुनसुकै विचार, दर्शन, अवलम्वन गरिए पनि देशको निम्ति विशिष्ठ योगदान पुर्याउने महामोनाहरुको स्मरण गर्ने परम्परा विश्वव्यापी रुपमा चलि आएको छ । त्यसैले, ईतिहासको त्यस्तो आदर्श तथ्यलाई भुलेर मौसूफको सालिक स्थापनाको विषयमा नेपालगञ्जमा जुन प्रकारको अप्रिय घटना भयो, त्यो अत्यन्त दुःखदायी हो । ईतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्वारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन् भन्ने कुरा सबैले बुझ्नुपर्दछ भन्ने मान्यता हाम्रो रहेको छ ।

जय नेपाल
मितिः २०७९ जेठ १९

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM