पठन पाठन सहज पार्न विद्यालयमा पंखा हस्तान्तरण

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १८ जेष्ठ/

वीरगंज महानगरपालिका वडा नम्बर १८ सुखचैना स्थित गिता गजेन्द्र जोशी माध्यमिक विद्यालयलाई पूर्व नगर प्रमुख विजय कुमार सरावगीको पहलमा २६ थान पंखा सहयोग गरिएको छ ।

पूर्व नगर प्रमुख सरावगीको पहलमा वीरगंजका उद्यमि राम सर्राफले सो विद्यालयलाई २६ थान सिलिङ पंखा सहयोग गरेका हुन् ।

बुधबार विद्यालयमै पुगेर पूर्व नगर प्रमुख सरावगीले विद्यालयका प्रधानाध्यापक राम नारायण मिश्रालाई ती पंखा हस्तान्तरण गरेका हुन् ।

गर्मीका बेला कक्षाकोठामा विद्यार्थीहरुलाइ पढ्न लेख्न समस्या भएको जानकारी पाएपपछि आफनो आग्रहमा उद्यमी ससर्राफले २६ थान पंखा उपलब्ध गराएपछि बुधबार विद्यालयमा लगेर हस्तान्तरण गरेको सरावगीले बताए । पंखा हस्तान्तरणका समारोहमा विद्यालयका प्रधानाध्यापक मिश्रा, विद्यालयका शिक्षक, स्थानीयअगुवा लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here