Tuesday, June 18, 2024
घरक्राइम चेकनापी कार्यालयका अमिन ३०हजार घुस रकमसहित पक्राउ

नापी कार्यालयका अमिन ३०हजार घुस रकमसहित पक्राउ

काठमाण्डाै – नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी तीस हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जग्गाको हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

रायमाझीमाथि थप अनुसन्धान भइरहेको अख्तियार अनुसन्धान आयाेग बुटवलले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -