काठमाडौँका नवनिर्वाचित जनप्रतिनिधिले आज शपथ ग्रहण गर्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आज शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहण बिहान ११ बजे राष्ट्रिय सभागृहमा हुँदैछ ।

दुई दिन लगातार सार्वजनिक बिदा परेकाले निर्वाचन परिणाम आएको तीन दिनपछि मात्र शपथ ग्रहण हुन लागेको हो । शपथ ग्रहणलगत्तै उनीहरुले आजै पदभार सम्हाल्ने छन् ।

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा एमालेकी सुनिता डङ्गोलले विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here