१४ वर्षीय बालिका बलात्कृत

0

ओखलढुंगा । ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको मोलुङ गाउँपालिका ५ बस्ने ४४ वर्षीय तारा नाथ पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पोखरेलले ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्