२०८२ माघ २८ गते, बुधबार १९:४०

एक खर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल नेपाल भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको छ ।

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार सो अवधिमा उक्त मूल्यमा ६५ करोड ९० लाख ९१ हजार ७० लीटर कच्चा भटमास, पाम र सनफ्लावर तेल नेपाल भित्रिएको छ ।

पछिल्लो दश महिनामा ४९ अर्ब ४१ करोड २ लाख ३५ हजार रुपैयाँको कच्चा भटमास तेल, ३४ अर्ब ७४ करोड ४२ लाख ५७ हजार रुपैयाँको कच्चा पाम तेल र १७ अर्ब ३८ करोड ३४ लाख ४३ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल नेपाल भित्रिएको छ ।

अर्जेन्टिना, ब्राजिल, इजिप्ट, इटाली, पराग्वे, रुस, युक्रेन, उरुग्वे, इन्डोनेसिया, मलेसिया र फिलिपिन्स गरी ११ देशबाट कच्चा भटमास, पाम र सनफ्लावर तेल आउने गरेको छ ।

बितेका दश महिनामा अर्जेन्टिनाबाट मात्र ३२ अर्ब ६६ करोड ४७ लाख १४ हजार रुपैयाँको कच्चा भटमास तेल र ४६ करोड ३९ लाख ९९ हजार रुपैयाँको कच्चा सनफ्लवार तेल नेपाल आएको छ ।

सोही अवधिमा इन्डोनेसियाबाट २८ अर्ब २९ करोड ८९ लाख ७५ हजार रुपैयाँको कच्चा पाम तेल, युक्रेनबाट १५ अर्ब २१ करोड ६३ लाख ८५ हजार रुपैयाँका कच्चा भटमास र सनफ्लवार तेल, ब्राजिलबाट १० अर्ब ९ करोड ८५ लाख ३० हजार रुपैयाँको कच्चा भटमास तेल र मलेसियाबाट ६ अर्ब ३३ करोड १२ लाख ८१ हजार रुपैयाँको कच्चा पाम तेल नेपालले आयात गरेको छ ।

नेपालले विभिन्न देशबाट कच्चा तेल ल्याई त्यसलाई प्रशोधन गरी भारतमा पठाउने गरेको छ । चालु आर्थिक वर्षको दश महिनामा नेपालले ८७ अर्ब ५९ करोड ८४ लाख १ हजार रुपैयाँको प्रशोधित भटमास, पाम र सनफ्लावर तेल भारतमा निर्यात गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM