वीरगंज, ११ जेष्ठ ।
निवर्तमान नगरप्रमुख विजय कुमार सरावगीलाई अब हुने संसदीय निर्वाचनमा लड्न दबाव बढ्न थालेको छ ।
मंगलबार मत गणना परिणाम सार्वजनिक भएलगत्तै विजय सरावगीले सामाजिक संजाल फेसबुक वालबाट नव निर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई सफलताको शुभकामना दिंदै भावुक स्टाटस पोष्ट गरेका थिए ।
त्यसमा प्रतिकृया जनाउँदै थुप्रैले सरावगीले प्रदर्शन गरेको उच्च संस्कारको प्रशंसा गर्दै अब तपाईंको आवश्यकता राष्ट्रिय राजनीतिमा छ भन्दै प्रतिकृया लेखेका छन् ।
संसदीय निर्वाचन लड्ने वा नलड्ने बारे विजय सरावगीले कुनै प्रतिकृया नजनाए पनि उनका सहयोगीहरुले गठबन्धनको बावजुद पर्सा जिल्लामा नेकपा एमाले पहिलो राजनीतिक शक्ति बन्न सफल भएको छ ।
सरावगीको आगमनले नेकपा एमाले पर्सामा उत्साह, उमङ्ग थपिएको भन्दै महानगरको चुनावमा विजय हासिल नभएतापनि अधिकांश स्थानीय तहमा एमालेले विजय हासिल गरेको छ ।
चन्द्रसूर्य वाणीसँग कुरा गर्दै नाम उल्लेख गर्न नचाहने पर्साका एक नेताले बताएअनुसार विजय सरावगीजस्तो गतिशील मान्छे त्यत्तिकै बस्न मिल्दैन ।
उनी पर्सा निर्वाचन क्षेत्र नं. २ बाट संसदीय निर्वाचन लड्छन् र जित्छन्, डेट एक्स्पाएर भैसकेका अजय चौरसियालाई सरावगीले सजिलै पछार्न सक्ने उनको दाबी थियो…!