Wednesday, June 19, 2024
घरनिर्वाचननिजगढ़मा काँग्रेसका सूर्य घलान विजयी

निजगढ़मा काँग्रेसका सूर्य घलान विजयी

बारा । बाराको निजगढ नगरपालिका-१३ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार सूर्य घलान विजयी भएका छन् ।

उनी ७ सय ७९ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमानसिंह थिङ्गले ५ सय ८६ मत प्राप्त गरेका छन् । थिङ्गलाई १ सय ९३ मतले पराजित गर्दै घलान  दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

निजगढ मेयरमा कांग्रेसको अग्रता कायम छ । मेयरका उम्मेदवार सुरेश खनालले ७ सय ५१ मत प्राप्त गरेका छन् भने,  एमालेका सुरथ पुरीले ५ सय ८३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनबाट रविराज दंगालले ५ सय ८९ मत पाउँदा  एमालेका सोममाया थिङ्गले ५ सय ९९ मत प्राप्त गरेका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -