Wednesday, June 19, 2024
घरनिर्वाचनमतगणना अपडेट: काठमाण्डौमा बालेन पहिलो नम्बरमा दोस्रोमा स्थापित र तेस्रोमा सिंह

मतगणना अपडेट: काठमाण्डौमा बालेन पहिलो नम्बरमा दोस्रोमा स्थापित र तेस्रोमा सिंह

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहको अग्रता कायमै छ । दोस्रो स्थानमा भने कांग्रेसकी सिर्जना श्रेष्ठलाई उछिन्दै एमालेका केशव स्थापित आएका छन् ।

पछिल्लो मतगणना अनुसार बालेन २१३ मतका साथ अग्रस्थानमा छन् । एमालेका स्थापित १५९ भोट ल्याएर दोस्रो स्थानमा उक्लिएका छन् भने कांग्रसकी सिर्जना १४८ मतका साथ तेस्रोमा छिन् ।

अहिले काठमाडौंको वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना भइरहेको छ । वडा नम्बर १मा तीनैजना प्रतिस्पर्धी हाराहारीमा छन् । वडा नम्बर ३२ मा भने बालेन प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि देखिएका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -