२०८३ असार १८ गते, बिहीबार २०:२८

राजदूत शर्माद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् ।

भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
शर्मालाई केही साता अघि सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM