Sunday, September 8, 2024
घरसमाचारराजनीतिवीरगंज: उप प्रमुख उम्मेदवार रम्भा मिश्राप्रति आकर्षण बढ्दो

वीरगंज: उप प्रमुख उम्मेदवार रम्भा मिश्राप्रति आकर्षण बढ्दो

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २७ वैशाख/
स्थानीय तह निर्वाचन २०७९ को मतदान गर्ने दिन नजिकिएसँगै वीरगंज महानगर उप प्रमुख पदकी उम्मेदवार रम्भा मिश्रा प्रतिको आकर्षण बढ्दै गएको छ ।
लामो समयदेखि समाजसेवा र राजनीतिका क्षेत्रबाट नगरवासीको सुखदुःखमा अग्रसगरता लागेकी रम्भा मिश्रालाई महानगर उप प्रमुख पदमा मतदान गर्ने मनसायमा नगरवासीहरू पुगेको देखिएको छ ।

महिला भएकै कारण पार्टीले जहिले पनि अधिकार र अवसरबाट बन्चित गरिएकी मिश्रालाई यसपालिको चुनावमा निर्वाचित गराई महिला अधिकारको सुनिश्चितता एवं नारी सम्मानमा वीरगंजबासीहरू प्रतिबद्ध रहेको प्रमाणित गर्ने सोंच बनाएको वीरगंजवासीहरू बताउँछन् ।

चुनावको मौन अवधि शुरू हुनु केहि घण्टा बाँकी रहंदा उप प्रमुखकी उम्मेदवार मिश्राले घर दैलो अभियानलाई तीव्रता दिएकी छिन् ।

सोही क्रममा महानगरबाट स्वतन्त्र उप मेयरको उम्मेदवार रम्भा मिश्रलाई जिताउन बौद्धिक वर्ग देखि किसानसम्मको समर्थन बढदै गएको छ ।

वीरगंज वडा नं १६ स्थित प्रगतीशील महिला कृषक समुहको आयोजनामा भेटघाट तथा परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।

समुह कि अध्यक्ष गीता वर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सम्बोन गर्दै रम्भा मिश्रले महिलाको हक अधिकार सुनिश्चित गर्न महिलाहरु आफै अगाडी आउन अनुरोध गर्नु भयो ।

त्यसको लागी स्थानिय तहको निर्वाचनमा स्थानिय तहमा महिला उम्मेदवारलाई भारी बहुमतले जिताउन आग्रह गर्नु भयो ।

कार्यक्रममा उपस्थित समुहका महिला तथा स्थानिय महिलाहरुको समुहले यसपाली उप मेयर पदको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रलाई जिताउन प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसै गरी प्रचार प्रसारको लागी बाईलट पेपरको नमुना सहीत ५० जना महिलाहरुलाई प्रशिक्षण गराई महानगरको विभिन्न वडाहरुमा परिचालित गराईएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -