Saturday, July 27, 2024
घरसमाचारराजनीति“मेयर उपमेयर गठबन्धनलाई अरु मत आफुलाई’ भन्दै घरदैलो

“मेयर उपमेयर गठबन्धनलाई अरु मत आफुलाई’ भन्दै घरदैलो

बारा । “मेयर उपमेयर गठबन्धनलाई अरु मत आफुलाई’ भन्ने नाराका साथ बाराको जितपुर सिमरा उपमहानगरका वडा अध्यक्षका प्रत्यासीले मेयर उपमेयर सहित साझा घर दैलो थालेका छन् ।

गठबन्धनका मेयर, उपमेयरका उम्मेद्वारलाई लिएर ५ दलकै प्रत्यासी वडा अध्यक्षहरुले नगरका विभिन्न टोलमा घरदैलो थालेका हुन् ।

निर्वाचन मिति नजिकिँदै जाँदा गठबन्धनका साझा उम्मेदवारहरूले जितपुर सिमरा उपमहानगरमा थालेको घरदैलोको फरक अभियानले चुनावी रौनक बढेको छ ।

विपक्षीहरूले गठबन्धनका साझा उम्मेदवारहरू एक ठाउँमा आउन नसक्ने दाबी गरिरहेको बेला गठबन्धनका उम्मेदवारहरू एक साथ हिँडेपछि बाराका अन्य तहमा समेत सुरु भई चुनावी सरगर्मी तात्दै गएको छ ।

उपमहानगरको गठबन्धबाट काग्रेसका उपमेयर मेघा शाहीले बडा तहमा ५ दलकै उम्मेदबारहरुले गरेको साझा अभियान परिणाममुखी हुने दाबी गर्नुभएको छ ।

बाराका १६ स्थानीय तहहरुमा गठबन्धन भएपनि धेरै वडाहरुमा उम्मेदवारहरुले एक्ला एक्लै उम्मेदवारी दिएका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -