Wednesday, June 19, 2024
घरक्राइम चेकबहुदरमाई नपा प्रमुखको उम्मेदवार नितेन्द्र साहलाई रामधुलाई (भिडियो सहित)

बहुदरमाई नपा प्रमुखको उम्मेदवार नितेन्द्र साहलाई रामधुलाई (भिडियो सहित)

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २४ वैशाख/
नेपाली काँग्रेस पार्टीबाट पर्साको बहुदरमाई नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिएका निवर्तमान नगर प्रमुख नितेन्द्र साहले आफ्नै नगरवासीको रामधुलाई भेटेका छन् ।

फेरि पनि बहुदरमाई नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका नितेन्द्र वडा नम्बर २ का वडाध्यक्ष पदका उम्मेदवार जितेन्द्र पटेलको साथमा वड़ा नम्बर-२ सिसियाडी टोलमा शुक्रवार मध्यराती १२:३० को समयमा मतदाताहरूलाई पैसा बाँडन पुगेपछि स्थानीयहरूले भारतीय नम्बरको गाड़ी सहित नियन्त्रणमा लिएर राम धुलाई गरेको भिडियो सार्वजनिक भएको छ ।

नितेन्द्र साह नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाको नितान्त व्यक्तिगत उम्मेदवार हुन । केन्द्रिय सदस्य चौरसियाकै सल्लाहमा निर्वाचन आचारसंहिता विपरीत मतदाता रिझाउन रकम लिएर घर घर पुगेका साह लखेटिएका हुन् ।

चुनाव जितेको साढ़े चार वर्षको कार्यकालमा नितेन्द्रले चरम अनियमितता गरेको, पदको दुरुपयोग गरेको नेपाली काँग्रेसका नेता अजय चौरसिया र आफ्नो आसेपासे मात्रलाई फाइदा हुने काम गरेको विकास निर्माणका कामहरूमा कुनै चासो नदेखाएपछि आक्रोशित र असन्तुष्ट बनेका स्थानीयहरूसँग पैसामा भोट माग्न आएपछि नितेन्द्र साह मुर्दाबाद, भ्रष्टाचारी मेयर मुर्दाबाद भन्दै लखेटिएका हुन् ।

यस सम्बन्धमा निवर्तमान नगर प्रमुख नितेन्द्रसाहसँग टेलिफोन सम्पर्क गरि बुझ्न खोज्दा व्यस्त रहेको भन्दै फोन काटिदिएका थिए ।

हेरौं भिडियो…!

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -