Saturday, July 27, 2024
घरसमाचारराजनीतिवीरगंज महानगर चुनाव जित्न राजेशमान सिंहले अपनाए यस्तो हथकण्डा...

वीरगंज महानगर चुनाव जित्न राजेशमान सिंहले अपनाए यस्तो हथकण्डा…

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २३ वैशाख ।

सत्ता र शक्ति यस्तो चीज हो जसलाई प्राप्त गर्न मान्छे जस्तोसुकै तल्लो हर्कत र व्यवहार गर्न पछि पर्दैन । यही भनाईलाई चरितार्थ गर्न वीरगंज महानगरको नगर प्रमुख पदका लागि जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका राजेशमान सिंह लागि परेका छन् ।

घरदैलोका क्रममा राजेशमान सिंहले वीरगंज महानगरका बासिन्दाबाट सभ्य, शिक्षित, व्यवहारिक, दीर्घकालीन योजना भएका, सबैलाई आदर सम्मान गर्ने खालका उम्मेदवारलाई नै आगामी निर्वाचनमा सघाउने मनसाय बुझेपछि जनताको अभिमत आफूतिर आकर्षित गर्न विभिन्न तिक्डम र हत्कण्डा मच्चाउन शुरु गरेका खबरहरु सार्वजनिक हुन थालेका छन् ।

पछिल्लो खबर अनुसार राप्रपा नेपालका उपाध्यक्ष राजीव पराजुली शुक्रवार विहान वडा नं. ३ का उम्मेदवार सुशील कण्ठ बमबमको घरदैलो कार्यक्रम पछि चिया पिउन लाग्दा राजेशमान सिंहसँग भएको भेटघाटलाई आधार बनाएर राजेशमानले चुनाव अवधिको लागि बुक गरेर राखेको एक सञ्चारमाध्यममा राजीव पराजुलीले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई सघाउने भनेर सत्यबाट करोडौँ  माइल पर मन गढन्ते र कपोकल्पित समाचार सार्वजनिक गर्न लगाएका थिए ।

राजीव पराजुली र राजेशमानसँगको फोटोसहित उक्त मनगढन्ते समाचार सार्वजनिक भएपछि राप्रपा नेपालका उपाध्यक्ष पराजुलीले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने विषयमा आएको समाचारप्रति कडा आपत्ति जनाउनु भएको छ ।

पराजुलीले एक फेसबुक पोष्ट सार्वजनिक गर्दै पीत्त पत्रकारिता नगर्न आग्रह समेत गरेका छन् । शुक्रबार बिहान वीरगंज महानगरपालिका वडा नम्बर ३ का उम्मेदवार शुशील कण्ठ (बमबम) को घरदैलो कार्यक्रम गरेर फर्किने समयमा गबन्धनका उम्मेदवार राजेशमान सिंहसँग भएको भेटको सन्दर्भमा लेखिएको समाचार तथ्यहीन र भ्रामक रहेको स्पष्ट पार्नुभएको हो ।

वीरगंजको एक अनलाईन सञ्चारमाध्यममा पूर्वमन्त्री पराजुली र पूर्वमेयर सुवेदीले पनि गठबन्धन उम्मेदवारलाई जिताउने शीर्षकमा आएको समाचारप्रति आपत्ति जनाउँदै उक्त सञ्चारमाध्यमलाई पीत पत्रकारिता नगर्न सचेत गराउनु भएको छ ।

उहाँले भन्नुभयो, “एमाले र राप्रपा नेपाल गठबन्धनका उम्मेदवार शुशील कण्ठको घरदैलो कार्यक्रमबाट फर्किएर चिया खादै थियौं । त्यही समयमा राजेशमान सिंहसहितका व्यक्तिहरु आए । फोटो त खिचेका थिए कसैले दूरुपयोग गर्ला भन्ने लागेको थियो, आखिर त्यहि भयो ।”

वाहियात र मन गढन्ते समाचार सम्प्रेषण नगर्न उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग देशभर राप्रपा नेपालको गठबन्धन रहेको र सोही क्रममा वीरगंज महानगरपालिका वडा नम्बर ३ का उम्मेदवार शुशील कण्ठलाई जिताउन घरदैलो कार्यक्रममा हिडेको उहाँले बताउनुभयो ।

उहाँले यस्ता भ्रमित पार्ने समाचारबाट सचेत हुन पनि सम्पूर्ण एमाले र राप्रपा नेपालको गठबन्धन तथा मतदातासँग आग्रह गर्नुभएको छ ।

यस अघि पनि राजेशमानद्वारा परिचालित दूतहरुले सोनार समाजले राजेशमानलाई सघाउनेलगायतका भ्रमात्मक र तथ्यहीन खबरहरु सम्प्रेषण गराएका थिए । तर पछि समाजले उक्त समाचारलाई खण्डन गरेको थियो ।

मेयर पदमा निर्वाचित हुन नपाउँदै नगरबासीलाई झुक्याउन आफ्ना दूतहरु परिचालन गर्ने सिंह यदी भोलिको दिनमा निर्वाचित भए महानगरको हविगत के होला ? भनेर आम नगरवासीहरु बीच चर्चा र बहस चल्न थालेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -